काठमाडौं : बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
कम्पनीले यस अवधिमा ६ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत बर्षको सोही अवधिमा कम्पनीले ६ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो नाफा गत बर्षको तुलनामा ३.८९ प्रतिशत बढी हो ।
कम्पनीको विदयुत बिक्री आम्दानी बढेसँगै अन्य खर्च घटेको कारण खुद नाफा बढेको हो । नाफा बढेसँगै कम्पनीको विद्युत बिक्री आम्दानी २.५५ प्रतिशतले बढेर १५ करोड ६ लाख रुपैयाँ रहेको छ ।
यस अवधिमा कम्पनीको कार्यालय सञ्चालन खर्च एक करोड ३० लाख रुपैयाँ भएको छ भने वित्तीय खर्च ५.५५ प्रतिशतले घटेर ३ करोड ४३ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी एक अर्ब ५ करोड रुपैयाँ रहेकाे छ । कम्पनीको नाफा बढेसँगै बार्षिक प्रतिशेयर आम्दानी ६.०५ रुपैयाँ र कम्पनीको प्रतिशेयर नेटवर्थ ११८.६७ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २४.६४ गुणा रहेको छ ।
Advertisment