Below Menu
Below Menu

विन्ध्यबासिनी र मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य समायोजन 

विन्ध्यबासिनी र मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य समायोजन 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई हाइड्रोपावर कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य समायोजन गरेको हो । 

यी दुई कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंगलबार बुकक्लोज गरेसँगै नेप्सेले अन्तिम कारोबारका आधारमा मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेका अनुसार मन्दाकिनी हाइड्रोपावरको ५ प्रतिशत बोनसपछिको शेयर  ८०४ रुपैयाँ ६७ पैसा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार ८४४ रुपैयाँ ९० पैसामा भएको थियो ।

त्यस्तै विन्ध्यबासिनी हाइड्रोपावरको ८ प्रतिशत बोनस पछिको शेयरमूल्य ६३५ रुपैयाँ १९ पैसामा समायोजन भएको छ। कम्पनीको अन्तिम कारोबार ६८६ रुपैयाँमा भएको थियो।

समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।

Advertisment