Below Menu
Below Menu

सूर्यज्योति लाइफको नाफा साढे ११ करोड, जीवन बीमा कोषको आकार २२ प्रतिशतले बढ्यो 

सूर्यज्योति लाइफको नाफा साढे ११ करोड, जीवन बीमा कोषको आकार २२ प्रतिशतले बढ्यो 

काठमाडौं : सूर्यज्योति लाइफ इन्स्योरेन्सले लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार इन्स्योरेन्सले ११ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा २.५१ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ११ करोड २५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

असोज मसान्तसम्म आइपुग्दा कम्पनीको खुद बीमाशुल्क बढेसँगै कर्जा तथा लगानीबाट हुने आम्दानी बढ्दा नाफा बढेको हो ।
यस अवधिमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी २७.०८ प्रतिशतले बढेर ९४ करोड एक लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले लगानी तथा कर्जाबाट ७३ करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको थियो । 

साथै यस अवधिमा कम्पनीले दुई अर्ब ४५ करोड ८७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । बीमाशुल्क गत वर्षको तुलनामा १०.०६ प्रतिशतले बढी हो । गत वर्ष इन्स्योरेन्सले दुई अर्ब २३ करोड ३९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । 

असोज मसान्तसम्म आइपुग्दा नाफा बढेपनि इन्स्योरेन्सको प्रतिशेयर आम्दानी भने घटेको छ । यस अवधिमा इन्स्योरेन्सको इपीएस घटेर ९.२० रुपैयाँ पुगेको छ  । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ १४३.५९ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ५४.७५ गुणा रहेको छ ।

यस अवधिमा कम्पनीको जीवन बीमा कोषमा ३६ अर्ब ४ करोड ८९ लाख रुपौयाँ रहेको छ । गत वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार २२.२८ प्रतिशतले रहेको छ । गत वर्ष यस्तो रकम २९ अर्ब ४८७ करोड ९४ लाख रुपैयाँ रहेको थियो ।

असोज मसान्तसम्म पाँच अर्ब एक करोड १९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको महाविपत्ती कोषमा ३७ करोड ७९ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा एक अर्ब ३३ करोड २७ लाख र अन्य इक्विटीमा ४७ करोड ४० लाख रुपैयाँ सञ्चित छ ।

Advertisment

थप समाचार