काठमाडौं : बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । असोज मसान्त सम्ममा कम्पनीले एक करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
गत आर्थिक बर्षको सोही अवधिसम्म कम्पनीले खुद २ करोड ९ लाख रुपैयाँ नोसानी व्यहोरेको थियो । सो अवधिमा कम्पनीको हेवा खोला जल विदयुत आयोजनामा क्षति पुर्याएका कारण कम्पनीले नोक्सानी व्यहोर्नु परेको हो । अहिले पुनः विद्युत बिक्री सुरु भएपछि कम्पनी नाफामा गएको छ ।
चालु आवकाे असोज महिनासम्म्म कम्पनीले विदुयुत बिक्री मार्फत ३ करोड ९९ लाख रुपैयाा आम्दानी गरेको छ भने सो अवधिसम्म्म कम्पनीको कुल नाफा ३ करोड २३ लाख रुपैयाँ रहेको छ ।
चुक्ता पुँजी ५३ करोड ५८ लाख रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा ८ करोड १५ लाख रुपैयाँ सञ्चित रहेको छ । नाफासँगै असोज मसान्तसम्म कम्पनीको बार्षिक प्रतिशेयर आम्दानी ११. ९८ प्रतिशत रहेको छ भने सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११५.२३ प्रतिशत र आम्दानी २५.१७ गुणा रहेको छ ।
Advertisment