काठमाडौं : कुथली बुखारी स्मल हाइड्रोपावर लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पाीले यस अवधिमा ४६ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
उक्त नाफा गत बर्षको सोही तुलनामा ७.७ प्रतिशत कम हो । गत वर्षको सोही अवधिमा कम्पनीले ५० लाख ५९ हजार नाफा कमाएको थियो । कम्पनीको विद्युत बिक्री आम्दानी घट्दा नाफामा असर परेको हो ।
गत बर्ष एक करोड १० लाख रुपैयाँ रहेको कम्पनीको विदयुत बिक्री आम्दानी घटेर ५ लाख ९९ हजार रुपैयाँमा कायम भएको छ । असोज मसान्तसम्म १२ करोड १८ लाख ६७ हजार चुक्ता पुँजीमा रहेको कम्पनीको जगेडा कोषमा ५ करोड ५९ लाख सञ्चित रहेको छ ।
यस अवधिमा कम्पनीको बार्षिक प्रतिशेयर आम्दानी १५.३१ रुपैयाँ रहेको छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ १४७.५२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १३७.८२ गुणा रहेको छ ।