काठमाडौं : साताको चौथो कारोबार दिन बधुबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १४.१२ अंकले घटेर २७३४.८३ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ११.२४ अंकले बढेर २७४८.९६ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ९९ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३८ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज सात कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा सात अर्ब ९१ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा सात अर्ब ८५ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज जानकी फाइनान्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३३ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा सप्तकोशी डेभलपमेन्ट बैंक र श्रीजनशील लघुवित्त वित्तीय संस्था र मेन्छियाम हाइड्रोपवर रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्र्किट लेभलमा पुगेको छ । आज कुथेली बुखारी स्मल हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment