Below Menu
Below Menu

एघार जलविद्युत कम्पनीको लाभांश घोषणा, कुनको कति ? 

एघार जलविद्युत कम्पनीको लाभांश घोषणा, कुनको कति ? 

काठमाडौं : सञ्चालनमा रहेका ९१ कम्पनीमध्ये हालसम्म ११ वटा हाइड्रोपावरले लाभांश घोषणा गरेका छन् । कम्पनीहरुले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेका हुन् ।

लाभांश घोषणा गर्ने कम्पनीहरुमा बिन्ध्यावासीनि हाइड्रोपावर, सुपरमाई हाइड्रोपावर, रु रु जलविदयुत परियोजना, सुपर म्यादी हाइड्रोपावर, सुपरमाई हाइड्रोपावर, भगवती हाइड्रोपावर, मान्डु हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, साहज उर्जा, अपि पावर कम्पनी, सगरमाथा जलविद्युत कम्पनी रहेका छन् । 

रु रु जलविदयुतले गत आर्थिक बर्षको  मुनाफाबाट १५ प्रतिशत बोनश र कर प्रयोजनको लागि ०.७८९ प्रतिशत नगद गरी कल १५.७८ प्रतिशत लाभांश घोषणा गरेको छ । त्यस्तै सुपरमाई हाइड्रोपावर कम्पनीले ७ प्रतिशत बोनश सेयर र सोको कर प्रयोजनका लागि ५.६३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

त्यसैगरी अपि पावर कम्पनीले ५ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद गरी ५.२६३२ प्रतिशत लाभांश घोषणा गरेको छ । मन्दादाकिनी हाइड्रोपावर लिमिटेडले ५ प्रतिशत बोनश सेयर दिने घोषणा गरेको छ । 

सुपरमादी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७ प्रतिशत बोनस र कर प्रयोजनका लागि ५.६३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ भने सगरमाथा जलविदयुत कम्पनीले ४.७५ प्रतिशत बोनसहित ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

त्यस्तै गरी साहस उर्जा लिमिटेडले शेयरधनीहरुलाई ८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगदसहित ८.४२ प्रतिशत लाभांश घोषणा गरेको छ । बिन्ध्यवासिनी हाइड्रोपावरले ८ प्रतिशत बोनस शेयर र अरुण भ्याली हाइड्रोपावर कम्पनीले ३ प्रतिशत बोनश र कर प्रयोजनका लागि ३.१५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
 

Advertisment

थप समाचार