Below Menu
Below Menu

दुई ब्रोकर एसोसिएसन मर्ज हुँदै, सम्झौतामा आजै हस्ताक्षर 

दुई ब्रोकर एसोसिएसन मर्ज हुँदै, सम्झौतामा आजै हस्ताक्षर 

काठमाडौं : धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीका छाता संगठन पनि एक हुने भएका छन् । स्टक ब्रोकर एसोसिएसन अफ नेपाल र धितोपत्र ब्रोकर एसोसिएसन अफ नेपाल एक आपसमा मर्ज हुने भएका हुन् । 

पुराना ५५ ब्रोकर कम्पनीहरुको संगठन स्टक ब्रोकर एसोसिएसन र नयाँ ब्रोकर कम्पनीहरुको संगठन धितोपत्र ब्रोकर एसोसिएसनले आज मर्जर सम्झौता पत्रमा हस्ताक्षर गर्ने भएका छन् । 

आज साँझ ५ः१५ बजे नक्सालस्थित होलिडे इन एक्सप्रेसमा सम्झौता हस्ताक्षर कार्यक्रम राखिएको छ । सम्झौतापत्रमा स्टक ब्रोकर्सका अध्यक्ष धर्मराज सापकोटा र धितोपत्र ब्रोकर्सका अध्यक्ष सागर ढकालले हस्ताक्षर गर्नेछन्।

हाल ९० वटा ब्रोकर कम्पनी सञ्चालनमा छन् । जसमध्ये पुराना ५० वटा कम्पनी स्टक ब्रोकर्समा र ४० वटा धितोपत्र ब्रोकर्समा आबद्ध छन्। 
 

Advertisment