काठमाडौं : नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तीको प्रक्रिया अघि बढेको छ । अर्थ मन्त्रालयले विहीबार सार्वजनिक सूचना जारी गर्दै सर्टलिष्टमा परेका तीन जना प्रत्यासीलाई पुनः अन्तरवार्ताका लागि बोलाइएको छ ।
बोर्डको अध्यक्ष नियुक्त गर्ने प्रयोजनका लागि नाम सिफारिस गर्न गठन भएको सिफारिस समितिले कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईं र नवराज अधिकारीलाई अन्तरवार्ताका लागि मंसिर ९ गते बोलाइएको हो हो । यसअघि गत असोज १८ गते अन्तर्वार्ताका लागि बोलाइएको भएपनि अन्तिम समयमा स्थगित भएको थियो ।
यसअघि पनि पटक–पटक बोलाउँदा अनुपस्थित भएका थिए । सर्वोच्च अदालतको निर्णयपछि अर्थमन्त्रालयले एक सूचना जारी गर्दै सर्टलिष्टमा परेका तीन जनालाई पुनः बोलाइएको हो ।
अध्यक्ष पदमा आवेदन दिने आवेदकमध्ये सर्टलिस्टमा परेका पाँच जनामध्ये मुक्ति श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठले यसअघि नै अन्तरवार्तामा सहभागी भई आफ्नो कार्ययोजना पेश गरिसकेका छन् ।

Advertisment