काठमाडौं : हिमालयन पावर पार्टनरले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीको आज बिहान बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीहरुका लागि ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो।
कम्पनीले हाल कायम चुक्तापुँजीको २ः१ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो । बैंकहरुको ऋण भुक्तानी गर्ने प्रयोजनका लागि हकप्रद शेयर जारी गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ ।
हकप्रद निष्कासनको प्रस्ताव विद्युत नियमन आयोगको स्वीृकति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीमा जारी हुनेछ ।
हाल हाइड्रोपावरको चुक्ता पुँजी एकअर्ब ६ करोड ५४ लाख रुपैयाँ रहेको छ । हकप्रदपछि निष्कासन पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ५९ करोड १२ लाख रुपैयाँ पुग्नेछ ।
Advertisment