काठमाडौं : मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा एक करोड ६५ लाख ४४ हजार रुपैयाँ नाफामा रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीे २३ लाख २२ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।
समिक्षा अवधिमा कम्पनीको सञ्चाल आम्दानी बढेका कारण नाफा धनात्मक भएको हो । गत वर्षको सोही अवधिमा ८ करोड ८६ लखा रुपैयाँ रहेको कम्पनीको सञ्चालन आम्दानी १५०.६८ प्रतिशतले बढेर २१ करोड २२ लाख रुपैयाँ पुगेको छ ।
असोज मसान्तसम्म आइपुग्दा कम्पनीको कुल नाफा ७९.७३ प्रतिशतले बढेको छ । त्यस्तै कम्पनीको कुल आम्दानी ४०.३० प्रतिशतले बढर ४ करोड ५९ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीको सञ्चालन खर्च पनि १६.११ प्रतिशतले घटेको छ ।
असोजमसान्तसम्म आइपुग्दा कम्पनीको नाफासँगै प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ४५ पैसा रहेको छ ।
त्यस्तै प्रतिशेयर नेटवर्थ ९७.०५ रुपैयाँ रहेको छ भने मूल्य आमदनाी अनुपात १६९.२४ गुणा रहेको छ । यस अवधिमा ७० करोड चुक्ता पुँजी रहेको कम्पनीको अन्य इक्विटी २ करोड ६ लाख रुपैयाँ ऋणात्मक छ ।
Advertisment