Below Menu
Below Menu

शेयर बजारमा दोहोरो अंकको सुधार, दश अर्ब ३२ करोडमाथिको कारोबार  

शेयर बजारमा दोहोरो अंकको सुधार, दश अर्ब ३२ करोडमाथिको कारोबार  

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १३.९५ अंकले बढेर २७४८.७८ बिन्दुमा पुगेको हो । बुधबार नेप्से १४.१२ अंकले घटेर २७३४.८३ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १५९ कम्पनीको शेयरमूल्य बढेको छ । भने ७९ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज छ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा १० अर्ब ३२ करोड तीन लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा सात अर्ब ९१ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज जानकी फाइनान्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३५ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त वित्तीय संस्था र अपर हेवा खोला हाइड्रोपावर रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्र्किट लेभलमा पुगेको छ । आज रावा इन्जर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ९ प्रतिशतले घटेको छ । 
 

Advertisment