काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा नेपाल ल्युब आयलको बोनस शेयर सूचीकृत भएको छ । बिहिबार नेप्सेले कम्पनीको २५ प्रतिशत बोनस सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार कम्पनीको एक लाख २२ हजार ४० कित्ता शेयर सूचीकृत गरेको हो । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबार आउनेछ ।
Advertisment