Below Menu
Below Menu

नाफासँगै घट्यो नेपाल टेलिकमको प्रतिशेयर आम्दानी 

नाफासँगै घट्यो नेपाल टेलिकमको प्रतिशेयर आम्दानी 

काठमाडौं  : नेपाल टेलिकमले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार असोज मसान्तसम्ममा कम्पनीले एक अर्ब ७३ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। 

उक्त नाफा गत आवको सोही अवधिको तुलनामा १४.२० प्रतिशतले कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ अर्ब २ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा कम्पनीको कुल आम्दानी घटेसँगै खुद नाफा घटेको हो। समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा ५.४९ प्रतिशत घटेको छ। त्यस्तै कम्पनीको ग्राहकसँगको सम्झौता आम्दानी १.११ प्रतिशत बढेको छ भने वित्तीय आम्दानी ३३ प्रतिशत घटेको छ। 

असोज मसान्तसम्म आइपुग्दा नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ४० पैसा घटेर ३८ रुपैयाँ ६६ पैसामा झरेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५३५ रुपैयाँ ९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २५.८३ गुणा रहेको छ।

 

Advertisment

थप समाचार