Below Menu
Below Menu

सिटिजन लाइफको नाफा ८३ प्रतिशतले बढ्यो, बीमा कोषको आकार साढे १५ अर्ब 

सिटिजन लाइफको नाफा ८३ प्रतिशतले बढ्यो, बीमा कोषको आकार साढे १५ अर्ब 

काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्सले लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार इन्स्योरेन्सले १३ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ८३.१६ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले सात करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

असोज मसान्तसम्म आइपुग्दा कम्पनीको खुद बीमाशुल्क बढेसँगै कर्जा तथा लगानीबाट हुने आम्दानी बढ्दा नाफा बढेको हो ।

यस अवधिमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी ७८.२७ प्रतिशतले बढेर ४७ करोड ५० लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले लगानी तथा कर्जाबाट २६ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको थियो । 

साथै यस अवधिमा कम्पनीले एक अर्ब ६५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । बीमाशुल्क गत वर्षको तुलनामा १६.२५ प्रतिशतले बढी हो । गत वर्ष इन्स्योरेन्सले एक अर्ब ४२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीले एक अर्ब ७४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । उक्त रकम गत आवको सोही अवधिको तुलनामा १६.१९ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले एक अर्ब ५० करोड कुल बीमा शुल्क आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीले अधिकर्ता कसिशनवापत १६ करोड ६९ लाख रुपैयाँ खर्चिएको छ । जुन गत वर्षको तुलनामा ५.१२ प्रतिशतले बढी हो । गत वर्षको असोज मसान्तसम्म कम्पनीले अभिकर्ता कमिशनमा १५ करोड ८७ लाख रुपैयाँ खर्चिएको थियो ।

गत आवमा पुनर्बीमा मार्फत ८ करोड १८ लाख रुपैयाँ खर्चिएको कम्पनीले यस अवधिमा पुनर्बीमा मार्फत ९ करोड ५६ लाख रुपैयाँ खर्चिएको छ ।

असोज मसान्तसम्म आइपुग्दा नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको घटेको छ । यस अवधिमा इन्स्योरेन्सको इपीएस बढेर १३.३० रुपैयाँ पुगेको छ  । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ १८०.१३ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ४९.७७ गुणा रहेको छ ।

यस अवधिमा कम्पनीको जीवन बीमा कोषमा १५ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार ४२.२४ प्रतिशतले बढेको छ । गत वर्ष यस्तो रकम १० अर्ब ९९ करोड रुपैयाँ रहेको थियो ।

असोज मसान्तसम्म तीन अर्ब ९३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको शेयर प्रिमियममा एक अर्ब ५५ करोड, महाविपत्ती कोषमा १८ करोड २८ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्गमा ७४ करोड ९० लाख रुपैयाँ सञ्चित छ ।


                                                                                                                                                                                           

Advertisment

थप समाचार