काठमाडौं : नेको इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०८१/८२ को पहिलो त्रैमासम्मको अपिरष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ ।
कम्पनीले गत बर्षको सोहि अवधिमा ८ करोड ८० लाख नाफा आर्जन गरेको थियो भने चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्म ७ करोड ४ लाख ६८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ जुन गत बर्षको सोहि अवधिको तुलनामा १९.९६ प्रतिशतले कम हो ।
कम्पनीले ५० करोड ४८ लाख २९ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको । गत बर्षको सोहि कम्पनीले ४९ करोड २ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।
समिक्षा अवधिमा चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङमा ५९ करोड ८८ लाख ५४ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी १४.०१ रुपैयाँ रहेकाे छ । कम्पनीको प्रतिशेयर नेटवर्थ २७९.८१ रुपैयाँ रहेको छ भने कम्पनीको पीई रेसियो ६७.३९ रुपैयाँ रहेको छ ।
Advertisment