Below Menu
Below Menu

तीव्र उचारचढावबीच नेप्सेमा सामान्य सुधार, एघार अर्ब ७२ करोडमाथिको कारोबार  

तीव्र उचारचढावबीच नेप्सेमा सामान्य सुधार, एघार अर्ब ७२ करोडमाथिको कारोबार  

काठमाडौं :साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४.९८ अंकले बढेर २७५३.७६ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से १३.९५ अंकले बढेर २७४८.७८ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १४५ कम्पनीको शेयरमूल्य बढेको छ । भने ९२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज छ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा ११ अर्ब ७२ करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा १० अर्ब ३२ करोड तीन लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज ङादी ग्रुव पावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ४५ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा उन्नति सहकार्य लघुवित्त र स्वाभिमान लघुवित्त वित्तीय संस्था रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्र्किट लेभलमा पुगेको छ । आज समृद्धि फाइनान्स र गुँरास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 
 

Advertisment