Below Menu
Below Menu

पाकिस्तानबाट दशकौँपछि समुद्रको बाटो बङ्गलादेशतर्फ सामानको सिधा ढुवानी

पाकिस्तानबाट दशकौँपछि समुद्रको बाटो बङ्गलादेशतर्फ सामानको सिधा ढुवानी

इस्लामावाद : पाकिस्तानबाट बङ्गलादेशका लागि समुद्री मार्ग हुँदै सामानको सिधा ढुवानी भएको छ । मालबाहक पानीजहाजमार्फत् बङ्गलादेशमा सफलतापूर्वक कन्टेनरहरू उतारेको बन्दरगाहका अधिकारीहरूले आइतबार एएफपीसँग बताउँदै भने, “पाकिस्तानबाट बङ्गलादेशका लागि भएको यो दशकौंपछिको पहिलो ढुवानी हो।” 

सन् १९७१ को युद्धपछि यी दुई देश विभाजित भएका थिए र त्यसपछि बङ्गलादेश पाकिस्तानको प्रतिद्वन्द्वी भारतसँग नजिक भएको थियो। तर गत अगष्टमा विद्यार्थी नेतृत्वको आन्दोलनले बङ्गलादेशकी तत्कालिन प्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गरेपछि उनी नयाँदिल्लीमा शरण लिन पुगेका छन् । 

पनामाको ध्वजाबाहक युआन सियाङ फा झान नामक १८२ मिटर ९५९७ फिट० लामो कन्टेनर जहाज पाकिस्तानको कराँचीबाट बङ्गलादेशको चटगाउँका लागि छुटेको र नोभेम्बर ११ मा सामान गन्तव्यमा पुगी झारिसकिएको चटगाउँ बन्दरगाहका उच्च अधिकारी ओमार फारुकले एएफपीसँग बताए ।

ढाकाका लागि पाकिस्तानका राजदूत सैयद अहमद मारुफले फेसबुकमा लेखेका छन््, “यो मार्गले दुवै तर्फका व्यवसायका लागि नयाँ अवसरलाई बढावा दिनेछ ।”

चटगाँउ बन्दरगाहका अधिकारीहरूका अनुसार जहाजले पाकिस्तान र संयुक्त अरब इमिरेट्स ९युएई० बाट सामानहरू ल्याएको थियो, जसमा बङ्गलादेशको प्रमुख गार्मेन्ट उद्योगका लागि कच्चा पदार्थ र आधारभूत खाद्य पदार्थहरू समावेश थिए।

गत सेप्टेम्बरमा बङ्गलादेशले पाकिस्तानी सामानको आयातमा लगाइएको प्रतिबन्धलाई खुकुलो बनाएको थियो । प्रतिबन्धले पहिले सामानको आगमनमा अनिवार्य भौतिक निरीक्षण अनिवार्य गरिएका कारण ढुवानीमा लामो ढिलाइ हुनेगरेको थियो । 

यसअघि, पाकिस्तानी सामानहरू बङ्गलादेश जानुअघि सामान्यतया श्रीलङ्का, मलेसिया वा सिङ्गापुरका फिडर जहाजहरूमा लोड गर्नुपथ्र्यो । 

Advertisment

थप समाचार