काठमाडौं : सयपत्री हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्काुसन गर्ने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो ।
कम्पनीले शेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको १ः१ को अनुपातमा शतप्रतिशत हकप्रद शेयर जारी गर्नेछ । कम्पनीले हकप्रद शेयर जारी गर्ने प्रस्ताव पेस गर्न विद्युत नियम आयोगबाट स्वीकृति लिने निर्णय गरेको छ।
हकप्रद शेयरबाट उठेको रकम कम्पनीको ऋण तथा दायित्व भुक्तानी गर्न र दरम खोला ए जलविद्युत आयोजनाको मर्मत गर्नका लागि उपयोग गरिने कम्पनीले जनाएको छ।
यसका साथै बैठकले हकप्रद शेयर जारी गर्न आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक गोपालप्रसाद निउरेलाई अख्तियारी दिने निर्णय गरेको छ।