Below Menu
Below Menu

आर्थिक सुधारका लागि कर प्रणालीलाई व्यवसायमैत्री र पारदर्शी बनाउनुपर्छ: अध्यक्ष ढकाल 

आर्थिक सुधारका लागि कर प्रणालीलाई व्यवसायमैत्री र पारदर्शी बनाउनुपर्छ: अध्यक्ष ढकाल 

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले मुलुकको आर्थिक स्तर बढाउन करलाई सरल र पारदर्शी बनाउनु पर्ने बताएका छन् । 

सोमबार महासंघमा आयोजित ‘नेउवामहासंघ नवप्रववर्तन संम्वाद’ मा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘देशभित्र आर्थिक क्रियाकलाप बढाउन कर प्रणालीलाई सरल र व्यवसायमैत्री बनाउनु पर्दछ, करका प्रकृयाहरुमा पारदर्शि बनाई कम दरमा कर उपलब्ध गराउन सक्नु पर्दछ, आयात–निर्यात प्रक्रियालाई सरल बनाउनु पर्दछ ।’

यसका साथै उनले नेपालमा हुने अनाधिकृत व्यापारलाई रोक्नु पर्ने धारणा व्यक्त गरे । अनधिकृत आयात रोक्न सबै तहबाट प्रयास हुनुपर्ने बताउँदै उनले नीतिगत स्पष्टता, स्थिरता र शीघ्र एवं प्रभावकारी कार्यान्वयनको सुनिश्चित गर्नु आवश्यक रहेको बताए । सुशासनमा सुधार गरि युवाहरुलाई काम गर्न उत्साहित र प्रोत्साहित गरिनुपर्ने उनको भनाई छ ।

अध्यक्ष ढकालले मुलकुमा बढीभन्दा बढी रोजगार र पुर्वाधारहरु निर्माण गर्न सके युवा पलायन न्यूनीकरण गर्न सकिने धारणा व्यक्त गरे । ‘हाल अधिकांश युवा एवं विद्यार्थीहरु विदेश पलायन भइरहेका छन्, यस अवस्थामा उद्योग व्यवसायलाई प्रतिस्पर्धी बनाई बढि भन्दा बढि रोजगारी सृजना गर्नु पर्दछ’, उनले भने । 

यसका साथै उनले विभिन्न निकायहरुमा उद्यम व्यवसाय दर्ता गर्नुपर्ने प्रावधान भएकोले झन्झटिलो अवस्था सृजना भएको बताउँदै यसको सहजताको लागि एकै ठाउँमा दर्ता हुने गरि स्थानिय निकायहरुलाई अधिकार दिइनु पर्नेमा जोड दिए । 

साथै केन्द्र, प्रदेश र स्थानीय तहमा लाग्ने कर फरक भएतापनि बुझाउने व्यवस्थामा एकद्धार प्रणाली लागु गर्नुपर्ने उनले बताए । स्टार्टअप, MSMEs लगायत महिला उद्यमीशीलता बिकासका लागि विभिन्न नीतिगत विषय देखि लिएर क्षमता अभिबृद्धिका तालिमहरु, कर्जामा पहुँच, प्रविधिको प्रयोग, दक्ष जनशक्ति, वस्तुको गुणस्तर साथै बजार विस्तारसम्मका विशेष कार्यक्रम प्याकेजका रुपमा संचालनमा ल्याइनु पर्ने उनको भनाई छ । 

मुलुकमा पर्यटन क्षेत्रलाई प्रबर्द्धन र बिकास गरे आर्थिक विकासमा टेवा पुग्ने उनको भनाई छ । ‘नेपालमा विकासको सम्भावना भएको ठूलो क्षेत्र भनेको पर्यटन क्षेत्र हो, यसका लागि पर्यटकको आवागमनमा सहजता ल्याउनु पर्दछ’, उनले भने । 
 

Advertisment

थप समाचार