काठमाडौं : नेशनल लघुवित्त वित्तीय संस्थाले मंसिर २४ गते सोमबार ११ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले प्रस्तावित लाभांश र एफपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको हो । उक्त सभा सो दिन बिहान ११ बजे अरनिको पार्टी प्यालेस, बनेपामा हुनेछ ।
लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरी गरी १५ प्रतिशत लाभांश वितरण घोषणा गरेको छ ।
सभामा लघुवित्तले सस्थापक तर्फ ७० प्रतिशत र सर्वसाधारण तर्फ ३० प्रतिशतको पूँजी अनुपात मिलन गर्न बोनस वितरण पश्चात कायम हुन आउने ७ लाख ६५ हजार ३७७ कित्ता साधारण शेयर प्रिमियममा जारी गर्न स्वीकृती लिने प्रस्ताव रहेका छन् ।
साधारण सभा प्रयोजनका लागि लघुवित्तले मंसिर १८ गते बुक क्लोज गर्ने भएको छ । जस अनुसार मंसिर १७ गतेसम्म कायम शेयरधनीले लघुवित्तको उक्त प्रस्तावित लाभांश प्राप्त गर्न तथा सभामा भाग लिन पाउनेछन् ।
Advertisment