कमाठमाडौं : साताकाे चाैथाे कारोबार दिन बुधबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ९.०९ अंकले बढेर २७११.७५ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ५१.११ अंकले घटेर २७०२.६५ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १४३ कम्पनीको शेयरमूल्य बढेको छ । भने ८९ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार सामान्य अंकले बढेपनि कारोबार रकममा गिरावट देखिएको छ । आज बजारमा ७ अर्ब ९ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा १० अर्ब ४६ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज ङादी ग्रुप पावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३२ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
सर्वाधिक मूल्य बढ्नेमा कर्पोरेट विकास बैंक, सिन्धु विकास बैंक, नेपाल हाइड्रो डेभलपर्स, सप्तकोशी विकास बैंक, महिला लघुवित्त वित्तीय संस्था, कर्णाली विकास बैंक, जानाकी फाइनान्स र सपोर्ट माइक्रोफाइनान्स बैंक रहेका छन् ।आज ८ कम्पनीमा सकारात्मक सर्किट लागेको छ भने १ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment