Below Menu
Below Menu

आईपीओ निष्कासनको पाइपलाइनमा थपिए एकैदिन ४२ कम्पनी, साढे ४४ अर्बको शेयर आउँदै 

आईपीओ निष्कासनको पाइपलाइनमा थपिए एकैदिन ४२ कम्पनी, साढे ४४ अर्बको शेयर आउँदै 

काठमाडौं : सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासनका लागि एकैदिन ४२ कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) निवेदन दिएका छन् । बुधबार विभिन्न ४२ कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै सेबोनमा आवेदन दिएका हुन् ।

यससँगै आईपीओ निष्कासनको पाइपलाइनमा रहेका कम्पनीको सङ्ख्या ७७ पुगेको छ । करिब ११ महिनादेखि नेतृत्वविहिन रहेको बोर्डमा यसअघि ३५ कम्पनीहरू आईपीओ निष्कासनको अनुमति पर्खिरहेका थिए । 

लामो समयदेखि सेबोनले अध्यक्ष नियुक्ती नहुँदा धितोपत्र निष्कासनको काम रोकिएको छ । सेबोनका अनुसार पाइपलाइनमा रहेका ७७ कम्पनीहरूको ४४ अर्ब ७५ करोड ७६ लाख २० हजार ३१५ रुपैयाँ बराबरको ३१ करोड ७८ लाख ९३ हजार ३५६ कित्ता आईपीओ आउनेछ । 

आईपीओ निष्कासन अनुमति कुरेर बसेका कम्पनीमध्ये अधिकांश हाइड्रोपावर कम्पनीहरू रहेका छन् । विभिन्न समयमा ३७ वटा हाइड्रोपावर कम्पनीहरू सेबोनमा आवेदन दिएर अनुमतिको पर्खाइमा रहेका छन् ।

यस अवधिमा विभिन्न ३७ हाइड्रोपावजर कम्पनीले १५ अर्ब ७ करोड ९० लाख ४६ हजार ४०० रुपैयाँ बराबरको १५ करोड ७ लाख ९० हजार ४६४ कित्ता शेयर जारी गर्न बोर्डमा निवेदन दिएका हुन् ।

सेबोनका अनुसार आईपीओ निष्कासनको पाइपलाइनमा रहेका अन्य कम्पनीहरूमा उत्पादन तथा प्रशोधन क्षेत्रका १३ कम्पनी, होटल तथा पर्यटन क्षेत्रका ५, माइक्रोइन्स्योरेन्स कम्पनी ४, माइक्रोफाइनान्स १ र अन्य क्षेत्रका १५ कम्पनीहरू रहेका छन् ।

साढे २२ करोडको आईपीओ ल्याउँदै चार लघुबीमा कम्पनी 

बोर्डका अनुसार चार लघु बीमा कम्पनीले आइपीओ निष्कासनका लागि अनुमति मागेका छन्। जसमा दुईवटा जीवन र दुईवटा निर्जीवन लघु बीमा कम्पनी छन्। रहेका छन् । गार्डियन माइक्रो लाइफ, क्रेस्ट माइक्रो लाइफ, नेपाल माइक्रो र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले आईपीओ जारी गर्न लागेका हुन्। 

सबै कम्पनीहरुले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २२ करोड ५० लाख रुपैयाँबराबरको २२ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणमा जारी गर्न लागेका हुन् , 
नेपाल बीमा प्राधिकरणले केही समयअघि कम्पनीहरुलाई तत्काल आइपीओ जारसी गर्न निर्देशन दिएको थियो।

प्राधिकरणले लघु बीमकको अनुमति पत्र जारी गर्दा न्यूनतम चुक्तापुँजी ७५ करोड रूपैयाँ तोकेको छ। योमध्ये ७० प्रतिशत अर्थात् ५२ करोड ५० लाख रुपैयाँ संस्थापक शेयरधनीले लगानी गरेका छन् । बाँकी ३० प्रतिशत सर्वसाधारणबाट थप २२ करोड ५० लाख रुपैयाँ लगानी जुटाउन लघु बीमकले आइपीओ ल्याउन लागेका हुन्।

 

Advertisment

थप समाचार