Below Menu

लाभांश प्रस्ताव पारित गर्न सोल्टी होटलले बोलायो साधारण सभा

लाभांश प्रस्ताव पारित गर्न सोल्टी होटलले बोलायो साधारण सभा

काठमाडौं : सोल्टी होटलले पौष ४ गते ५० औं बार्षिक साधारण सभा बोलाएको छ । होटलले आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो । 

Sponsored Advertisement

उक्त सभा सो दिन नेपाल प्रज्ञा–प्रष्ठिानको प्रज्ञा सम प्रेक्षालय, कमलादी काठमाडौंमा बिहान ११ बजे शुरु हुने छ । सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनका लागि २६.८४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने छ ।

यसका साथै सभाले कम्पनीको संचालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको शेयर पूँजी वृद्धी गर्ने कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, परिमार्जन वा समायोजन गर्न आवश्यक भएमा सोको लागि संञ्चालक समितिलाई अधिकार प्रधान गर्ने, लेखा परिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पनि पारित गर्ने छ ।

थप समाचार