Below Menu
Below Menu

धितोपत्र व्यापारीका लागि कारोबारयोग्य सूचीकृत कम्पनीहरुको नामावली सार्वजनिक (सूचीसहित)

धितोपत्र व्यापारीका लागि कारोबारयोग्य सूचीकृत कम्पनीहरुको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धितोपत्र व्यापारीहरुका लागि कारोबारयोग्य सूचीकृत कम्पनीहरुको नामावली सार्वजनिक गरेको छ ।

नेप्सेले धितोपत्र व्यापार (स्टर डिलर) कार्य सञ्चालनसम्बन्धी कार्यविधि, २०७७ को परिच्छेद २ को दफा ३(२)बमोजिम मापदण्ड पूरा गरेका कारोबारयोग्य कम्पनीहरु दफा ३(३) बमोजिम चालु आर्थिक वर्ष २०८१÷८२ का लागि अद्यावधिक गरिएको जनाएको छ ।

नेप्सेका अनुुसार कारोबारयोग्य कम्पनीहरुमा ११२ वटा सूचीकृत कम्पनी परेका छन् । जसमा सबैभन्दा बढी हाइड्रोपावर र लघुवित्त संस्था रहेका छन् ।

कारोबार योग्य कम्पनीहरुमा १९ वटा वाणिज्य बैंक र ९ वटा विकास बैंक, ५ वटा फाइनान्स, २६ वटा लघुवित्त संस्था, ७ वटा जीवन बीमा कम्पनी, ११ वटा निर्जीवन बीमा कम्पनी, ६ वटा लगानी समूहका कम्पनी, २ वटा उत्पादन समूहका कम्पनी, २५ वटा जलविद्युत कम्पनी र दुईवटा अन्य समूहका कम्पनी छन् । 


 

Advertisment

थप समाचार