Below Menu
Below Menu

दोहोरो अंकले घट्यो शेयर बजार, आठ अर्ब २५ करोडको कारोबार 

दोहोरो अंकले घट्यो शेयर बजार, आठ अर्ब २५ करोडको कारोबार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३१.३१ अंकले घटेर २६८०.४४ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ९.९ अंकले बढेर २७११.७५ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ४३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १९७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज चार कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । आज बजारमा आठ अर्ब २५ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा ७ अर्ब ९ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज नेपाल फाइनान्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २५ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा सामुदायिक लघुवित्त वित्तीय संस्था र थ्री स्टार हाइड्रोपावर रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्र्किट लेभलमा पुगेको छ । आज जानकी फाइनान्स कम्पनीको शेयरमूल्यमा नकारात्मक  घटेको छ । 
 

Advertisment

थप समाचार