काठमाडौं : युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ४.२११ लाभांश वितरण गर्ने घोषणा गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.२११ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। यसका साथै सो बैठकले बोनस शेयर जारीपश्चात कायम चुक्ता पूँजीको १ः१ को अनुपातमा अर्थात शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको छ।
उक्त प्रूतावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपपछि लाभांश वितरण तथा हकप्रद जारी गरिनेछ।
Advertisment