Below Menu

वैदेशिक व्यापारमा सुधारः आयात र निर्यात दुवै बढ्यो, व्यापार घाटा साढे चार खर्ब 

वैदेशिक व्यापारमा सुधारः आयात र निर्यात दुवै बढ्यो, व्यापार घाटा साढे चार खर्ब 

काठमाडौं : नेपालको वैदेशिक व्यापार सामान्य सुधार देखिएको छ । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको तथ्यांक अनुसार आयात र निर्यात दुवै बढेको पाइएको हो । 

भन्सार विभागको तथ्यांक अनुसार यस अवधमा आयात ०.१७ प्रतिशत र निर्यात ४.१६ प्रतिततशले बढेको छ । चार महिनामा नेपालले साढे चार खर्ब रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । 

विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा मुलुकले चार खर्ब ६० अर्ब ७१ करोड ७३ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको हो ।

गत वर्षको तुलनामा व्यापार घाटा ०.२६ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा नेपालले चार खर्ब ६१ अर्ब ९३ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको थियो । 

कात्तिकसम्म नेपालले ५ खर्ब ६६ अर्ब ५ करोड ८७ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । जबकी गत आवको सोही अवधिमा चार खर्ब ६३ अर्ब ६ करोड ८८ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।   

मुलुकले कात्तिक मसान्तसम्म १४२ देशसँग वैदेशिक व्यापा।र गरेको छ । जसमा ११३ देशसँगको व्यापार घाटामा रहेको छ भने २९ देशसँगको व्यापार नाफामा रहेको छ । 

नेपालले यस अवधिमा भारतसँग सबैभन्दा बढी व्यापारघाटा व्यहोरेको छ । यस अवधिमा भारतसँग २ खर्ब ८१ अर्ब ११ करोड ६६ लाख रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको हो । 

भारतबाट नेपालले यस अवधिमा ३ खर्ब १६ अर्ब ८८ करोड ५३ लाख रुपैयाँ बरारको वस्तु तथा सेवा आयत गरेको छ भने ३५ अर्ब ७६ करोड ८७ लाख रुपैया बरारबरको सामानत निर्यात गरेको छ । 

त्यस्तै नेपालले यस अवधिमा चीनसँगको वैदेशिक व्यापारमा एक खर्ब २ अर्ब ५० करोड एक लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ भने इन्डोनेसियासँग ५ अर्ब १४ करोड, मलेसियासँग ४ अर्ब ४८ करोड र कतारसँग ४ अर्ब ४२ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । 

आयात र निर्यात दुवैमा सुधार

विभागका अनुसार यस अवधिमा आयात र निर्यात दुवैमा सुधार देखिएको । कात्तिक मसान्तसम्मसवा पाँच खर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको भने साढे ५२ अर्बको वस्तु तथा सेवा निर्यात भएको छ ।

विभागका अनुसार यस अवधिमा ५ खर्ब १३ अर्ब ३८ करोड ८० लाख रुपैयाँ बराबरको वस्तु आयात भएको हो । गत वर्षको सोही अवधिमा ५ खर्ब १२ अर्ब ५० करोड ३४ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । 

यस अवधिमा ५२ अर्ब ६७ करोड ७ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत वर्ष ५० अर्ब ५६ करोड ५३ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात भएको थियो । 
 

थप समाचार