Below Menu
Below Menu

सहकारीका समस्या समाधान गरेर अगाडि बढ्नुको विकल्प छैनः मन्त्री अधिकारी 

सहकारीका समस्या समाधान गरेर अगाडि बढ्नुको विकल्प छैनः मन्त्री अधिकारी 

राँझा : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले वर्तमान सरकारलाई असफल हुने छुट नरहेको बताएका छन् । 

नेकपा (एमाले) बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री अधिकारीले राजनीतिक स्थायित्व र देशमा अग्रगमनका लागि दुई ठूला दलको सहकार्यमा बनेको सरकारले जनतामा आशा जगाउने काम गरेको बताए । 

“हामीले जनतालाई आशा जगाउने गरी काम गरिरहेका छौँ, त्यसको प्रतिफल आइरहेको छ”, मन्त्री अधिकारीले भने, “मुलुकमा राजनीतिक स्थायित्व र समृद्धिका लागि वर्तमान सरकार दृढताका साथ काम गरिरहेका छौँ ।” सहकारीमा देखिएका समस्या समाधान गर्न सरकारले अध्ययन गरिरहेको उनले जानकारी दिए ।

सहकारीमा देखिएका समस्या समाधान गर्न समिति नै बनाएर अध्ययनको काम गरिरहेको मन्त्री अधिकारीले बताए । “ऋण लगेकालाई ऋण तिर्न पर्दैन भन्ने हल्ला फैलाइएको छ, त्यो होइन, ऋण तिर्नुपर्छ”, उनले भने ।

मन्त्री अधिकारीले निम्न आय भएका व्यक्तिले थोरै–थोरै बचत गर्ने ठाउँ सहकारी भएकाले यसमा देखिएका समस्या समाधान गरेर अगाडि बढ्नुको विकल्प नरहेको बताए । उनले मन्त्रालयले सूचना केन्द्रलाई अगाडि बढाउने, कोष खडा गर्ने, न्यायाधीकरण बनाउने र नियमन निकाय बनाउन जरुरी भएको उल्लेख गरे ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मालपोत कार्यालयको वार्षिक समीक्षा गोष्ठीमा सहभागी हुन उनी यहाँ आएका हुन् । 

Advertisment

थप समाचार