Below Menu
Below Menu

जीवन विकास लघुवित्तको लाभांश प्रस्ताव 

जीवन विकास लघुवित्तको लाभांश प्रस्ताव 

काठमाडौं : जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। 

कम्पनीले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर सोको कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद लाभांश दिने भएको हो । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ।


 

Advertisment

थप समाचार