काठमाडौं : माउण्टेन इनर्जी लिमिटेडले दूध खोला जलविदुत आयोजनामा लगानी गर्ने भएको छ । मंसिर ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त आयोजना लगानी गर्ने निर्णय गरेको हो ।
कम्पनीले मनाङको दूधखोलास्थित ६५ मेगावट क्षमता भएको आयोजनामा लगानी गर्न माउण्टेन एनर्जी कम्पनी र सिता हाइड्रोपावर प्रालिबिच सम्झौतामा हस्ताक्षर भएको हो ।
परियोजनामा लगानी गर्ने क्रममा समझदारीपत्रमा हस्ताक्षर गर्नका लागि कम्पनीका सञ्चालक अरुण कुमार केसीलाई अख्तियारी दिने निर्णय भएको छ।