Below Menu
Below Menu

धितोपत्र बोर्डको अध्यक्षको अन्तरवार्ता सकियो, कसले पाउँला नियुक्ती ? 

धितोपत्र बोर्डको अध्यक्षको अन्तरवार्ता सकियो, कसले पाउँला नियुक्ती ? 

काठमाडौं : नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि छनौंटमा परेकामध्ये दुई जना उम्मेदवारको अन्तर्वार्ता सकिएको छ। अर्थ मन्त्रालयमा आज भएको अन्तरवार्तामा धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा.नवराज अधिकारी र नेपाल स्टक एक्स्चेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीको अन्तर्वार्ता सकिएको हो । 

छनौट समितिका अनुसार अर्का उम्मेदवार तत्कालीन बिमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईँ भने यस पटक पनि अन्तर्वाताका लागि उपस्थित भएनन्।

यसअघिको प्रक्रियामा पहिलो चरणमा छानिएका ५ मध्ये ३ जना अन्तर्वार्तामा नगएपछि रोकिएको थियो । सर्ट लिस्टमा परेका सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले यसअघि नै अन्तर्वार्ता दिइसकेका छन् ।

बोर्ड अध्यक्ष नियुक्तीका लागि छनौट समितिले पाँच जनाको अन्तरवार्ता गरेर तीन जनाको नाम सिफारिस गर्नु पर्ने व्यवस्था छ। मन्त्रिपरिषदमा ३ जनाको सिफारिस गरेपछि त्यसमध्येबाट मन्त्रिपरिषद्ले १ जनालाई अध्यक्ष नियुक्त गर्ने प्रावधान छ ।

Advertisment

थप समाचार