काठमाडौं : ङादी ग्रुप पावर कम्पनीले शतप्रतिशत हकप्रद निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले १ बराबर १ को अनुपातमा हकप्रद जारी गर्न कम्पनीलाई अनुमति दिएको हो ।
बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा एक अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ दशलमव ५० रुपैयाँ बराबरको एक करोड ८५ लाख १२ हजार ७ सय ९२ कित्ता शेयर निष्काशन गर्न अनुमति दिएको हो ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।
Advertisment