Below Menu
Below Menu

सानिमा जीआईसीले २५ प्रतिशत हकप्रद जारी गर्ने, बोर्डसँग माग्यो अनुमति 

सानिमा जीआईसीले २५ प्रतिशत हकप्रद जारी गर्ने, बोर्डसँग माग्यो अनुमति 

काठमाडौं : सानिमा जीआईसी इन्स्योरेन्सले सर्वसाधारणमा २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १०ः२.५ को अनुपातमा हकप्र जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हो । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५० करोड रुपैयाँ बराबरको ५० लाख कित्ता हकप्रद शेयर बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो । इन्स्योरेन्सको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन क्यापिटल रहेको छ । 

 हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ । हकप्रद पछि इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।

Advertisment

थप समाचार