Below Menu
Below Menu

शतप्रतिशत हकप्रद निष्कासन गर्न ङादी ग्रुप पावरले तोक्यो बुक क्लोजको मिति 

शतप्रतिशत हकप्रद निष्कासन गर्न ङादी ग्रुप पावरले तोक्यो बुक क्लोजको मिति 

काठमाडौं : ङादी ग्रुप पावर लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले शतप्रतिशत हकप्रद जारी गर्न मंसिर १८ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको हो । जस अनुसार मंसिर १७ गतेसम्म कायम शेयरधनीले उक्त हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

कम्पनीले बोर्डबाट मंसिर ९ गते कायम चुक्ता पुँजीको १ः१ को अनुपातमा हकप्रद जारी गर्न अनुमति पाएको हो । बोर्डको अनुमति पाएसँगै कम्पनीले एक अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ दशलमव ५० रुपैयाँ बराबरको एक करोड ८५ लाख १२ हजार ७ सय ९२ दशलमव २२५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । 

Advertisment

थप समाचार