काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १५.८३ अंकले बढेर २६८३.२४ बिन्दुमा पुगेको हो । आइतबार नेप्से १३.०३ अंकले घटेर २६६७.४० बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १६९ कम्पनीको शेयरमूल्य बढेको छ । भने ६७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज नौं कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा छ अर्ब ३४ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा सात अर्ब ७२ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज ङादी ग्रुप पावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ५४ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा बेष्ट फाइनान्स कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्र्किट लेभलमा पुगेको छ । आज ङादी ग्रुप पावर कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment