काठमाडौं : कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले हुने आउने एक करोड २१ लाख ८६ हजार ७५० रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो।
प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ।
Advertisment