Below Menu
Below Menu

दोहोरो अंकले सुधारियो शेयर बजार, सात अर्ब ४४ करोडको कारोबार  

दोहोरो अंकले सुधारियो शेयर बजार, सात अर्ब ४४ करोडको कारोबार  

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३३.४१ अंकले बढेर २७१६.६६ बिन्दुमा पुगेको हो । सोमबार नेप्से १५.८३ अंकले बढेर २६८३.२४ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका २११ कम्पनीको शेयरमूल्य बढेको छ । भने ३२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा सात अर्ब ४४ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा छ अर्ब ३४ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज नेपाल फाइनान्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ४५ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा सर्पोट माइक्रोफाइनान्स, युनाइेट इदी मार्दी आरबी हाइड्रोपावर र कुथेली बुखारी स्मल हाइड्रोपावर रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्र्किट लेभलमा पुगेको छ । आज थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
 

Advertisment

थप समाचार