Below Menu
Below Menu

सोल्टी होटलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सोल्टी होटलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : सोल्टी होटल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। होटलले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली अर्थात मंसिर १३ गतेदेखि पुस ४ गतेसम्म बुकक्लोज गर्दैछ।

जसअनुसार आजसम्म नेप्सेमा कायम शेयरधनीहरुले होटलको साधारण सभामा भाग लिन र होटलले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

होटलले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि २६.८४२१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

उक्त लाभांश प्रस्ताव पारित गर्न होटलले पुस ४ गते ५० औँ वार्षिक साधारण सभा बोलाएको छ।

उक्त सभा सो दिन नेपाल प्रज्ञा भवन प्रेक्षालय, कमलादी, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ। 

 

 

 

 

Advertisment

थप समाचार