Below Menu
Below Menu

लाभांश प्रस्तावसहित एनआरएन इन्फ्रास्ट्रक्चरले बोलायो साधारणसभा, हकप्रद पनि जारी गर्ने 

लाभांश प्रस्तावसहित एनआरएन इन्फ्रास्ट्रक्चरले बोलायो साधारणसभा, हकप्रद पनि जारी गर्ने 

काठमाडौं : एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको  बैठकले शेयरधनीहलाई ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले हुन आउने ६ करोड ११ लाख ६० हजार ५८५ रुपैयाँबराबरको बोनस शेयर र सोको कर प्रयोजनका लागि  ०.२६३२ प्रतिशतले हुन आउने ३२ लाख १८ हजार ९७८ दशलमव १६ रुपैयाँ नगद लाभांश दिने भएको हो । 

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुस १२ गते १२ औँ वार्षिक साधारणसभा बोलाएको छ । उक्त सभा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ९ बजेबाट सुरु हुनेछ।

यसका साथै सभाले बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजीको १ः१ अर्थात १०० प्रतिशत हकप्रद ल्याउने विशेष प्रस्ताव पनि पारित गर्नेछ। साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर २१ गते बुक क्लोज गर्ने भएको छ । जस अनुसार मंसिर २० गतेसम्म कायम शेयरधनीहरुमात्रै कम्पनीको लाभांश पाउन र सभामा भाग लिन पाउनेछन् । 

Advertisment

थप समाचार