Below Menu
Below Menu

लाभांश पारित गर्न फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले बोलायो साधारणसभा 

लाभांश पारित गर्न फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले बोलायो साधारणसभा 

काठमाडौं : फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले पुस ११ गते, बिहीबार पन्ध्रौँ वार्षिक साधारण सभा बोलाएको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो।

उक्त सभा आम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.४७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

त्यस्तै, सभाले अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन र मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण शेयरधनीको तर्फबाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि लघुवित्तले मंसिर २३ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जस अनुसार मंसिर २२ गतेसम्म  कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा भाग लिन र लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।


 

Advertisment

थप समाचार