काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३९.७० अंकले बढेर २७५६.३७ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ३३.४१ अंकले बढेर २७१६.६६ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १९९ कम्पनीको शेयरमूल्य बढेको छ । भने ४० कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज पाँच कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा नौं अर्ब ३१ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा सात अर्ब ४४ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज जानकी फाइनान्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३४ करोड एक लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा विशाल बजार कम्पनी, कर्णाली डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, सर्पोट माइक्रोफाइनान्स र मानुषी लघुवित्त वित्तीय संस्था रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्र्किट लेभलमा पुगेको छ । आज मिथिला लघुव्त्ति वित्तीय संस्थाकोे शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment