काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेले सोल्टी होटलको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले लाभांश वितरण प्रयोजनका लागि आज बुक क्लोज गरेसँगै नेप्सेले अन्तिम कारोबारका आधारमा मूल्य समयोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेका अनुसार कम्पनीको १० प्रतिशत बोनसपछिको शेयरमूल्य ५१८ दशमलव १८ रुपैयाँमा समायोजन भएको छ । होटलको अन्तिम कारोबार ५७० रुपैयाँमा भएको थियो । समायोजित मूल्यका आधारमा दोस्रो बजारमा कारोबार खुल्नेछ ।
Advertisment