सपोर्ट माइक्रोफाइनान्स र फरवार्ड लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सपोर्ट माइक्रोफाइनान्स र फरवार्ड लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : दुई लघुवित्त कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। सपोर्ट माइक्रोफाइनान्स र फरवार्ड लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो । 

यी दुई लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली अर्थात मंसिर १४ गते, शुक्रबार बुकक्लोज गर्दैछन्। जसअनुसार आजसम्म नेप्सेमा  कायम शेयरधनीहरु लघुवित्तको साधारण सभामा भाग लिन र लघुवित्तहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ६ गते, शनिबार दशौँ वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभा दुर्गा पार्टी प्यालेस, इटहरी–४, सुनसरीमा  बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १३.७७५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.७२५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

साथै सभाले मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

त्यस्तै, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले मंसिर २८ गते, शुक्रबार, १२ औँ वार्षिक साधारण सभा बोलाएको छ।  उक्त सभा दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहल, दुहवी, सुनसरीमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

साथै सभाले मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

थप समाचार