Below Menu

मन्त्रिपरिषद् बैठकको निर्णयः दुई बोर्डको अध्यक्षमा ढुङ्गेल र निरौला नियुक्त

मन्त्रिपरिषद् बैठकको निर्णयः दुई बोर्डको अध्यक्षमा ढुङ्गेल र निरौला नियुक्त

काठमाडौं : नेपाल लेखामान बोर्डको अध्यक्षमा सुनिलकुमार ढुङ्गेल र नेपाल लेखापरीक्षणमान बोर्डको अध्यक्षमा जगन्नाथ उपाध्याय निरौला नियुक्त भएका छन् ।  मन्त्रिपरिषद्को बैठकले उनीहरुलाई नियुक्त गरेको हो । 

Sponsored Advertisement

अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा नवनियुक्त अध्यक्षहरुलाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बधाइ तथा सफलताको शुभकामना दिए। सो अवसरमा नवनियुक्त अध्यक्षहरुले प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्ने बताएका थिए । 

थप समाचार