Below Menu
Below Menu

सपोर्ट माइक्रोफाइनान्स र फरवार्ड लघुवित्तको शेयरमूल्य समायोजन 

सपोर्ट माइक्रोफाइनान्स र फरवार्ड लघुवित्तको शेयरमूल्य समायोजन 

काठमाडौं : नेपाल स्टक एक्सेञ्ज नेप्सेले दुई लघुवित्त कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । बिहिबार नेप्सेले सपोर्ट माइक्रोफाइनान्स र फरवार्ड लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समयोजन गरेको हो । 

लाभांश वितरण प्रयोजकना लागि यी दुई कम्पनीले आज बुक क्लोज गरेसँगै अन्तिम कारोबारका आधारमा नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेका अनुसार सपोर्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १३.७७५ प्रतिशत बोनसपछिको शेयरमूल्य २ हजार ९३४ दशलमव १९ रुपैयाँ समायोजन भएको छ । संस्थाको अन्तिम कारोबार ३ हजार ३२७ रुपैयाँमा भएको थियो । 

त्यस्तै फरवार्ड लघुवित्त वित्तीय संस्थाको १३.०३ प्रतिशत बोनसपछिको शेयरमूल्य एक हजार ३५२ दशलमव १६ रुपैयाँमा समायोजन भएको छ । संस्थाको अन्तिम कारोबार एक हजार ५३२ रुपैयाँमा भएको थियो । समायोजित मूल्यका आधारमा दोस्रो बजारमा कम्पनीको कारोबार खुल्नेछ । 

Advertisment

थप समाचार