काठमाडौं : सूर्यज्योति लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । मंसिर १४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले हुन आउने एक अर्ब २३ लाख ८९ हजार ५५९ दशलमव ४९ रुपैयाँ बराबरको करसहितको नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपपछि वितरण गरिनेछ।