Below Menu
Below Menu

पुँजीबजारलाई स्वच्छ, पारदर्शी र प्रविधिमैत्री बनाइने अध्यक्ष श्रेष्ठको प्रतिवद्धता 

पुँजीबजारलाई स्वच्छ, पारदर्शी र प्रविधिमैत्री बनाइने अध्यक्ष श्रेष्ठको प्रतिवद्धता 

काठमाडौं : नेपाल मर्चेन्ट बैंकर्स संघको कार्यसमिति पदाधिकारीहरुद्वारा मंसिर महिना १३ गते नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठसँग भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । 

ललितपुर खुमलटार स्थित नेपाल धितोपत्र बोर्डको कार्यालयमा आयोजना गरिएको उक्त भेटघाट कार्यक्रममा नेपाल मर्चेन्ट बैंकर्स संघका अध्यक्ष रामेन्द्र रायमाझी, निवर्तमान अध्यक्ष विजय लाल श्रेष्ठ, उपाध्यक्ष मनिष नारायण जोशी, महासचिव श्री निर्मल भट्टराई, कोषाध्यक्ष शिभान्त राज पाण्डे, सदस्यहरु सन्दिप कार्की एवं पुष्प शर्माको उपस्थिति रहेको थियोे ।

उक्त कार्यक्रममा नेपाल मर्चेन्ट बैंकर्स संघका अध्यक्ष रामेन्द्र रायमाझी लगायतका कार्य समिति सदस्यहरुले समग्र पुँजी बजार लाई स्वच्छ, पारदर्शी, भरपर्दो र विश्वासिलो बनाउन, लगानी कर्ताको हक हित संरक्षण गर्न तथा समग्र धितोपत्र बजारलाई समयसापेक्ष विकास र विस्तार गर्न आधुनिक प्रविधि मैत्री बनाई नियमन तथा सुपरिवेक्षण कार्यलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए ।

साथै, नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले समग्र पुँजीबजारलाई स्वच्छ, पारदर्शी तथा समय सापेक्ष आधुनिक प्रविधिमैत्री बनाई नियमन तथा सुपरिवेक्षण कार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरको थिए । 
 

Advertisment

थप समाचार