काठमाडौं : नेपाल धितोपत्र बोर्डको प्रवक्ताको जिम्मेवारी बोर्डका उपकार्यकारी निर्देशक निरञ्जय घिमिरेलाई तोकिएको छ । बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले मंसिर १३ गते (आज)देखि लागू हुने गरी उनलाई सो जिम्मेवारी प्रदान गरेका हुन् ।
यसअघि बोर्डका कार्यकारी निर्देशक डा नवराज अधिकारी २०८१ जेठ १७ गतेदेखि प्रवक्ताको भूमिकामा थिए ।