सुपरमाई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

सुपरमाई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

काठमाडौं : सुपरमाई हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली अर्थात मंसिर १७ गते बुकक्लोज गर्दैछ।

जसअनुसार आजसम्म कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। कम्पनीको साधारणसभा मंसिर २८ गते, शुक्रबार, लिसरा रिसेप्सन्स् प्रालि, नक्साल काठमाडौँमा दिउँसो ४ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ५.६३१ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

थप समाचार